मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जनाको उद्धार

मस्को । मस्कोको उत्तरी क्षेत्रमा रहेको एक कार्यालयको भवनमा आगलागी भएको छ । समाचार तयार पार्दासम्म भवनबाट १६ जनाको उद्धार गरिएको रुसी आपतकालिन व्यवस्था मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
अहिले आगलागी नियन्त्रणमा लिइसकिएको छ । आगलागी भवनको चौथो तलामा भएको र आगलागीले ८० वर्गमिटर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ ।
समाचार तयार पार्दासम्म आगलागी पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको मन्त्रालयले जनाएको छ । यसैबीच, स्थानीय अधिकारीहरूले प्रारम्भिक जानकारीलाई उद्धृत गर्दै भनेका छन्, ‘आगो लाग्नुको कारण विद्युतीय उपकरणहरूमा आकस्मिक रूपमा समस्या आएका कारण भएको हुनसक्ने देखिएको छ ।’
अधिकारीहरूले आगलागीको कारण स्थलगत अनुसन्धानको नतिजाको आधारमा पछि सार्वजनिक गरिने बताएका छन् । मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीबारे अनुसन्धान प्रक्रिया सुरु गरिसकेको र यसबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ । –रासस/सिन्ह्वा

प्रतिक्रिया