जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

नेपालखोज २०८२ फागुन ७ गते २०:०८

काठमाडौं । जावलाखेल युथ क्लब पोखरामा जारी २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रंगशालामा बिहीबार (फागुन ७) भएको अन्तिम सेमिफाइनलमा आभा फुटबल क्लब उज्वेकिस्तानलाई हराउँदै जावलाखेलले फाइनलमा स्थान बनाएको हो । 

खेलमा आभा फुटबल क्लब उज्वेकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै जावलाखेल युथ क्लब फाइनलमा प्रवेश गरेको हो । यससँगै आयोजक सहारा क्लब र जावलाखेल शनिबार पोखरा गोल्डकपको फाइनलमा भिड्ने भएका छन् ।

सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका थिए । गोल्डकपको विजेताले १४ लाख र उपविजेताले सात लाख एक हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया