मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

नेपालखोज २०८२ फागुन १० गते ९:५३

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनास्थित सडकमा आइतबार (फागुन १०) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा २२ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी पुष्कर बोगटीले जानकारी दिए ।

घाइतेको उद्धार गरी उपचारका निम्ति चितवन अस्पताल पठाइएको उनले बताए । रासस

प्रतिक्रिया