कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ : डा शेखर कोइराला

नेपालखोज २०८२ फागुन ११ गते २१:३९

बेलबारी (मोरङ) । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ क्षेत्र नंं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले कांग्रेसले जितेमात्रै धर्म, संस्कृति जोगिने बताएका छन् ।

कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताउँदै धर्म, संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी रहेको बताए ।

धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुने उनको भनाइ थियो । नेपाली कांग्रेस बुढीगङ्गा गाउँपालिकाको घरदैलो एवं चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सबै जातजातिको आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्पराको महत्व रहेको बताए ।

प्रतिक्रिया