कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

नेपालखोज २०८२ फागुन १२ गते १४:५८

काठमाडौं । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो ।

मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले रु १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मनिदरको प्रारुप कीर्तिपुर नगरपालिका–६ का प्राविधिक प्रभाष महर्जनले तयार गर्नुभएको हो । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ । -रासस

प्रतिक्रिया