झन्डै २२ अंकले बढ्याे नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन दुई दशमलव ४१ अंकले बढेको नेप्से आज मंगलबार पनि २१ दशमलव ६२ अंकले बढेर २६ सय ३८ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले बढेर चार सय ५३ दशमलव ३७ अंकमा पुगेको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको ४९ हजार ९३ पटकको कारोबारमा ९३ लाख ६४ हजार नौं सय ३८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २३ करोड २४ लाख सात हजार छ सय १३ रुपैंयाँ पुगेको छ । अघिल्लो दिन पाँच अर्ब १३ करोड रुपैंयाँको शेयर किनबेच भएको थियो ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव १२ अंकले बढेर १३ सय ५८ दशमलव ६८ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६२ दशमलव ३२ अंकले बढेर पाँच हजार छ सय ३६ दशमलव २० अंकमा पुगेको छ ।
फाईनान्स समुहको सुचक पनि १५ दशमलव ५४ अंकले बढेर २४ सय ३३ दशमलव ७९ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४३ दशमलव ६८ अंकले बढेर ३४ सय ७० दशमलव २५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव ८५ अंकले बढेर १२ हजार छ सय छ दशमलव ९३ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव २४ अंकले बढेर १० हजार आठ सय ४१ दशमलव ७४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ४३ दशमलव शुन्य चार, शुन्य दशमलव ६३, एक सय ५८ दशमलव ३०, ३७ दशमलव ९८, शुन्य दशमलव शुन्य दुई, सात दशमलव ६३ र ५३ दशमलव ७१ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल एसबिआई बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एसवाई प्यानल नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया