नेप्से १० अंकले बढ्दा चार अर्ब ४५ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको चौंथो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २१ दशमलव ६२ अंकले बढेको नेप्से आज पुन १० दशमलव ३० अंकले बढेर २६ सय ४८ दशमलव ९० अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २० अंकले बढेर चार सय ५४ दशमलव ५७ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३३ वटा कम्पनीहरुको ४८ हजार छ सय ४० पटकको कारोबारमा एक करोड चार लाख ५६ हजार नौ सय ८० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सूचक बढेका छन् ।
जसमध्ये फाईनान्स समुहको सुचक छ दशमलव ८२ अंकले घटेर २४ सय २६ दशमलव ९७ अंकमा झरेकोमा सामुहिक लगानी कोष र व्यापार समुहको सूचक पनि क्रमशः शुन्य दशमलव शुन्य दुई र ३२ दशमलव ६३ अंकले घटेका छन् ।
बाँणिज्य बैंक समुहको सूचक भने तीन दशमलव ११ अंकले बढेर १३ सय ६१ दशमलव ७९ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ११ दशमलव ९८ अंकले बढेर पाँच हजार छ सय ४८ दशहमलव १६ अंकमा पुगेको छ ।
जलबिद्युत समूहको सूचक पनि १३ दशमलव ५८ अंकले बढेर तीन हजार चार सय ८३ दशमलव ८३ अंकमा चढेकोमा जीवन समुहको सुचक पनि दुई सय २५ दशमलव ८१ अंकले बढेर १२ हजार आठ सय ३२ दशमलव ७४ अंकमा चढेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि २१ दशमलव ३१ अंकले बढेर १० हजार आठ सय ६३ दशमलव १९ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः ३४ दशमलव १४, शुन्य दशमलव ३१, ७९ दशमलव ९५, सात दशमलव ३४ र आठ दशमलव २२ अंकले बढेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आखुखोला जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया