परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट
नेपालखोज
२०८२ फागुन १३ गते १६:१४

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मङ्गलबार उनहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया