सुमो दुर्घटनामा आठ घाइते, चारको अवस्था गम्भीर

नेपालखोज २०८२ फागुन १५ गते ६:०३

त्रिशूली (नुवाकोट) । नुवाकोटबाट काठमाडौं जाँदै गरेको सुमो बिहीबार शिवपुरी गाउँपालिका–५, कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार, दुप्चेश्वर गाउँपालिका–४, जिम्टाङबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा ५० वर्षीय सम्तेन लामा, ४२ वर्षीय नेमा ग्याम्ते लामा, २७ वर्षीया कल्पना तामाङ र ४३ वर्षीया फूलमाया लामा गम्भीर घाइते भएका हुन् । उनीहरूको टाउको, छातीमा चोट लागेकाले उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका इन्द्रकुमार तामाङ, रप्सागी तामाङ, सुशीला र टेकबहादुर विष्टको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ ।

बाप्र०३–००१ज ७७७ नम्बरको सुमो शिवपुरी–५ स्थित कुखुरेको ओरालोमा ब्रेक फेल भएका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गाडीका चालक दुप्चेश्वर गाउँपालिका–४ का आइत लामालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया