सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुजन सिटौलालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुईजनाको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित सडकमा प्र.१–०२–००१ क ४५०७ नम्बरको टिपरले प्र.१–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय अजय कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित सडकमा बा.२० च ८२१० नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा बोलेरो चालक नुवाकोट विदुर नगरपालिका–६ तलेखु बस्ने ४१ वर्षीय जै बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका–८ पशुपति क्रियापुत्री भवन नजिक हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ ठडिया चोकमा सोही ठाउँ बस्ने ६५ वर्षीय लोक बहादुर भुजेल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुर बस्ने १८ वर्षीय निकाश घर्ती मगर आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छ्न् । काभ्रेको बनेपा नगरपालिका–६ अठ्ठाइस किलो डेरा गरी बस्ने पाँचथर घर भएका ५० वर्षीय धन बहादुर सुब्बा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया