कुनै दलसँग गठबन्धन गरेको छैन : एमाले

नेपालखोज २०८२ फागुन १६ गते १५:२८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरेको स्पष्ट गरेको छ । एमालेका केन्द्रीय निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले आज यहाँ पत्रकारहरूसँग कुरा उक्त जानकारी दिएका हुन् ।

आफ्नो पार्टी देश बनाउने सङ्कल्पका साथ चुनावी अभियानमा होमिएको बताए । नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे । उनले भने, ‘नेकपा एमाले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्छ ।’

प्रतिक्रिया