इरानका विदेशमन्त्रीले भन्छन्- हाम्रो सेनाले अमेरिका र इजरायली आक्रमणकारीलाई पाठ सिकाउनेछ
नेपालखोज
२०८२ फागुन १६ गते १९:२५

काठमाडाैं । इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिका र इजरायली आक्रमणलाई ‘पूर्णतया उक्साहट, गैरकानूनी र गलत’ भनेर वर्णन गरेका छन् ।
‘नेतान्याहु र ट्रम्पको इरानविरुद्धको युद्ध पूर्णतया अनावश्यक, गैरकानूनी र गलत छ’ अराघचीले सामाजिक सन्जाल एक्समा पोस्ट गरेका छन् ।
उनले लेखे कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्टलाई इजरायल फर्स्टमा परिणत गरेका छन् – जसको अर्थ सधैं अमेरिका अन्तिम हो।’
उनले आफ्नाे शक्तिशाली सेना यस दिनको लागि तयार छ र आक्रमणकारीहरूलाई उनीहरूले पाउनुपर्ने पाठ सिकाउने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया