इरानमाथि भएको आक्रमणमा अहिलेसम्म मारिए यी शीर्ष नेता र अधिकारी

नेपालखोज २०८२ फागुन १७ गते २०:३०

काठमाडाैं । इजरायल र अमेरिकाको आक्रमणमा धेरै शीर्ष इरानी नेता र अधिकारीहरूको मृत्यु भएको छ । एक गुप्तचर तथा सैन्य स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार करिब ४० जना इरानी अधिकारीहरू मारिएका छन् ।

शनिबार इरानमा भएको आक्रमणमा हालसम्म निम्न प्रमुख नेता र अधिकारीहरू मारिएका छन् :

– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी

– रिभोलुसनरी गार्ड्सका कमाण्डर जनरल मोहम्मद पाकपुर

– सुरक्षा सल्लाहकार अली शामखानी

– रक्षामन्त्री अजिज नासिरजादेह

– अब्दुल रहिम मौसावी, इरानी सेनाका प्रमुख

बीबीसी उर्दूका अनुसार, इजरायली सेनाका प्रवक्ताले पनि भने, ‘हामीले खामेनी सहित ४० शीर्ष कमाण्डरहरूलाई हटायौं।’

प्रतिक्रिया