सरकारी स्वामित्वको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको बारेमा साउदी अरेबियाले के भन्यो ?

काठमाडाैं । साउदी अरेबियाको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी ‘साउदी अरामको’ को रिफाइनरीमा भएको कथित इरानी आक्रमणप्रति देशको रक्षा मन्त्रालयले प्रतिक्रिया जनाएको छ ।
रक्षा मन्त्रालयका प्रवक्ताले भने- ‘रास तनुरा रिफाइनरीमा आक्रमण गर्ने प्रयास गरिरहेका दुई ड्रोनहरू नष्ट पारिएका छन्। अपरेशनको क्रममा केही भग्नावशेष खसे र सीमित क्षेत्रमा आगो लाग्यो, तर कुनै पनि नागरिक घाइते भएनन् ।’
साउदी प्रेस एजेन्सीका अनुसार ‘ऊर्जा मन्त्रालयको एक आधिकारिक स्रोतले सोमबार बिहान ७:०४ बजे रास तनुरामा रहेको रिफाइनरी नजिकै दुई ड्रोनहरू नष्ट गरिएको बताएको छ।’
‘रोक्ने क्रममा भग्नावशेष खसेर यसमा सामान्य क्षति भयो। यद्यपि, आपतकालीन टोलीहरूले आगो नियन्त्रणमा ल्याए। कुनै चोटपटक वा हताहत भएन।’
सावधानीका रूपमा रिफाइनरीको केही युनिट बन्द गरिएको खबर छ, तर स्थानीय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै प्रभाव नपरेको बताइएको छ । बीबीस

प्रतिक्रिया