वैदेशिक रोजगार व्यवसायी संघद्वारा दुःख व्यक्त

नेपालखोज २०८२ फागुन १८ गते १९:१९

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेटस (युएई)को आक्रमणमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेको छ ।

संघका अध्यक्ष दीपक थापाले आज शोक विज्ञप्ति जारी गरी संयुक्त अरब इमिरेटसको अवुधावीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ‘ड्रोन’ निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

संघले उक्त घटनामा निधन भएका श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्दे शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । उक्त संवेदनशील परिस्थितिमा युएईमा रहेका सम्पूर्ण नेपाली नागरीकलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन संघले आग्रह गरेको छ ।

प्रतिक्रिया