अमेरिका र इजरायली आक्रमणमा खामेनीकी श्रीमतीको पनि मृत्यु, डोनाल्ड ट्रम्पलाई नेतान्याहूले दिए धन्यवाद

काठमाडाैं । इरानको सरकारी टिभी च्यानलले सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी पत्नी मन्सुरेह खोजस्तेह बागेरजादेहको मृत्युको पुष्टि गरेको छ ।
बीबीसी फारसीका अनुसार , ‘हमशहरी’ पत्रिकाले खमेनीकी श्रीमती अमेरिका र इजरायली आक्रमणमा घाइते भएको र कोमामा गएको रिपोर्ट गरेको थियो ।
खामेनी र उनकी श्रीमतीका छजना छोराछोरी थिए – चार छोरा र दुई छोरी । यसअघि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी अमेरिका र इजरायलको आक्रमणमा मारिएका थिए ।
यी आक्रमणहरूमा खामेनीको परिवारका धेरै सदस्यहरू र इरानको इस्लामिक शासनका अन्य वरिष्ठ नेताहरू पनि मारिएका थिए ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यदि इरानले आणविक हतियार प्राप्त गर्यो भने यो सम्पूर्ण मानवताको लागि खतरा बन्ने बताएका छन् ।
नेतान्याहू आइतबार तेल अभिभ र जेरुसेलमको बीचमा रहेको बेइत शेमेशमा इरानी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा नौ इजरायलीको मृत्यु भएको स्थलको भ्रमण गरिरहेका थिए ।
‘म हाम्रा महान मित्र र विश्व नेता डोनाल्ड ट्रम्पलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले यो संसार बचाउने प्रयासमा हामीसँग सामेल हुनुभएको छ’ नेतान्याहूले बेइट शेमेशको भ्रमणको क्रममा पत्रकारहरूलाई भने ।
‘हामी आफ्नो सुरक्षाको लागि कदम चाल्छौं, तर त्यसो गर्दा हामी धेरै अरूलाई पनि सुरक्षित राख्छौं,’ उनले भने । बीबीसी

प्रतिक्रिया