मुगुमा कांग्रेसका शाही विजयी

नेपालखोज २०८२ फागुन २४ गते १०:२२

कर्णाली । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले पाँच हजार ६१७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरमा पाँच हजार ६१७ मत ल्याएर विजयी भएका हुन् ।

रोकायले पाँच हजार एक मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन् ।

मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यो निर्वाचन क्षेत्रमा ३६ हजार ६०५ कुल मतदाता रहेकामा २२ हजार १६८ मत खसेको थियो । -रासस

प्रतिक्रिया