३७०० रुपैयाँले घट्यो सुन

नेपालखोज २०८२ फागुन २५ गते ११:२२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया