नेप्से ३२ अंकले घटेपनि कुल कारोबार रकम २१ अर्ब नाघ्यो

काठमाडौं । नेप्सेको उच्चवृद्धि एकदिन पनि टिक्न सकेन । अघिल्लो दिन एक सय ६२ दशमलव ९३ अंक अर्थात प्रतिशतले बढेको तीन पटक सर्किट लागेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ३२ दशमलव शून्य आठ अंकले घटेर २८ सय ४३ दशमलव ३५ अंकमा झरेको छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४० अंकले घटेर चार सय ८९ दशमलव ६९ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको दुई लाख पाँच हजार छ सय ११ पटकको कारोबारमा पाँच करोड २७ लाख ११ हजार तीन सय ५३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम २१ अर्ब ५० करोड २० लाख ३१ हजार तीन सय २० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये जीवन बीमा समूहको सूचक ७० दशमलव ४६ अंकले बढेर १३ हजार सात सय ३० दशमलव ९१ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ५४ दशमलव ६५ अंकले बढेर ११ हजार छ सय २४ दशमलव २८ बिन्दुमा चढेको छ ।
यसैगरी सामूहिक लगानी कोष समुहको सुचक पनि शून्य दशमलव २८ अंकले बढेको छ । यि बाहेक वाणिज्य बैंक समूहको सूचक १९ दशमलव १२ अंकले घटेर १४ सय ८२ दशमलव २५ अंकमा झरेकोमा बिकास बैक समूहको सूचक पनि ७१ दशमलव ५६ अंकले घटेर छ हजार ६१ दशमलव ५७ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि ५५ दशमलव १३ अंकले घटेर २६ सय १८ दशमलव २८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ५५ दशमलव ७४ अंकले घटेर तीन हजार सात सय ६४ दशमलव ९५ अंकमा झरेको छ । यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः एक दशमलव ६९, एक सय ८० दशमलव ६८, आठ दशमलव ८४, ३४ दशमलव ९५ र ८३ दशमलव ६६ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया