दुई फर्ममाथि विभागको जरिवाना
नेपालखोज
२०८२ फागुन २७ गते ७:१९

काठमाडौं । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ ।
विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो । यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।
विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया