नेप्सेको उच्च गिरावट आज पनि, झन्डै ४७ अंकले घट्दा १३ अर्ब १८ करोडको सेयर किनबेच

नेपालखोज २०८२ फागुन २७ गते १५:३२

काठमाडौं । नेप्सेको उच्च अंकको गिरावटले साताको चौंथो दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ३२ दशमलव शून्य आठ अंकले घटेको नेप्से आज पनि ४६ दशमलव ७८ अंकले घटेर २७ सय ९६ दशमलव ५७ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३२ अंकले घटेर चार सय ८१ दशमलव ३७ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको एक लाख १५ हजार पाँच सय ५० पटकको कारोबारमा तीन करोड ६० लाख ४९ हजार चार सय ५१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १३ अर्ब १८ करोड दुई लाख ५५ हजार एक सय ५७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा १२ वटा समुहहरुको सुचक घटेर एउटा समुहको सुचक बढेको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव ११ अंकले घटेर १४ सय ५५ दशमलव १४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ९७ दशमलव ७३ अंकले घटेर पाँच हजार नौं सय ६३ दशमलव ८३ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ५४ दशमलव ५० अंकले घटेर २५ सय ६३ दशमलव ७८ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि २६ दशमलव ८१ अंकले घटेर तीन हजार सात सय ३८ दशमलव १४ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि दुई सय ७२ दशमलव २७ अंकले घटेर १३ हजार चार सय ५८ दशमलव ६३ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय १३ दशमलव ५८ अंकले घटेर ११ हजार पाँच सय ११ दशमलव ८१ अंकमा झरेको छ ।

यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघृवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय १९ दशमलव ८०, दुई दशमलव १०, एक सय ३८ दशमलव ९८, ८४ दशमलव ६०, ४४ दशमलव ९० र एक सय ३१ दशमलव शुन्य आठ अंकले घटेका छन् ।

सामुहिक लगानी कोष समुहको सुचक भने आज शुन्य दशमलव शुन्य सात अंकले बढेको छ ।नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सालपा विकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थाका कालिका पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया