दुई सय केजी गाँजा बरामद

नेपालखोज २०८२ फागुन २८ गते १०:५६

इनरुवा (सुनसरी) । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले राससलाई जानकारी दिए ।

प्रतिक्रिया