पौडी पोखरीको छानामा पु-याएको क्षतिको निरीक्षण
नेपालखोज
२०८२ चैत ४ गते २०:४२
काठमाडौं । हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पु-याएको क्षतिको आज निरीक्षण गरिएको छ । सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यत्रय कमलबहादुर भट्टराई, भानबहादुर चन्द र सुवर्ण श्रेष्ठसहितको टोलीले स्थलगत निरीक्षण गर्दै प्रमुख लीलाराम बस्नेतसँग सोमबारको हुरीले पु¥याएको क्षतिबारे जानकारी लिएका थिए ।
सो अवसरमा सदस्य–सचिव मेहताले यथाशीघ्र मर्मतका लागि निर्देशन दिनुभएको थियो । निरीक्षणका दौरान प्रशासन विभागका प्रमुख भोजानन्द राईलगायतको उपस्थिति थियो ।
सम्बन्धित

प्रतिक्रिया