प्रभु बैंककाे ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम

नेपालखोज २०८२ चैत ५ गते ९:०९

काठमाडौं । प्रभु बैंक लिमिटेडले बौद्धमा ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित देशव्यापी कार्यक्रम सुरु गरिएको हो ।

‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सुरु गरिएको अभियानअन्तर्गत बैंकको बौद्ध शाखाले एक दिने ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरेको हो ।

बौद्धस्थित होटल अनुत्तरामा आयोजना गरिएको उक्त कार्यक्रममा सूक्ष्म, साना तथा मझौला व्यवसाय सञ्चालन गर्दै आएका ४७ जना व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया, कागजात तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न आवश्यक योग्यताबारे विस्तृत जानकारी दिइएको बैंकको भनाई छ ।

बैंकले यस्ता कार्यक्रममार्फत व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने, औपचारिक बैंकिङ प्रणालीमा आवद्ध गराउने र व्यवसाय विस्तारमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

बैंकले देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित बैंकले गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया