फेरि घट्यो सुनको मूल्य

नेपालखोज २०८२ चैत १० गते ११:०८

नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । अघिल्लो साताबाट ओरालो लागेको सुनको मूल्य चालु हप्ता पनि निरन्तर घटिरहेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै मंगलबार छापावाल सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ४२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया