बन्दीपुरबाट अवैध नदीजन्य पदार्थसहित सवारीसाधन नियन्त्रणमा
नेपालखोज
२०८२ चैत ११ गते १३:१७

दमौली (तनहुँ) । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–६ बगरखोला क्षेत्रमा अवैध रूपमा गिट्टी ‘लोड’ गरिरहेको अवस्थामा आज सवारीसाधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा लु१क ३२४१ नम्बरको जेसिबी, ग१क ५४४२ नम्बरको टिपर र ग१ख ७४३६ नम्बरको टिपर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उक्त सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाइएको उनले बताए । प्रहरीले अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गरिनेसमेत जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया