सेयर बजारको लगातारको उकालो यात्रामा ब्रेक, २४ अंकले घट्दा १५ अर्ब नौ करोडको सेयर कारोबार

काठमाडौं । सेयर बजारको लगातारको उकालो यात्रामा ब्रेक लागेको छ । अघिल्लो दिन २३ दशमलव ८३ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार २४ दशमलव ४५ अंकले घटेर २९ सय ३५ दशमलव ९४ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५४ अंकले घटेर पाँच सय दशमलव ४६ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ३८ हजार दुई सय ५६ पटकको कारोबारमा तीन करोड ५८ लाख १९ हजार आठ सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १५ अर्ब नौं करोड चार लाख १६ हजार आठ सय ४६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक ४९ दशमलव ५८ अंकले बढेर १० हजार तीन सय ७१ दशमलव ३७ अंकमा चढ्दा व्यापार समूहको सूचक पनि एक सय ४२ दशमलव ४६ अंकले बढेर चार हजार दुई सय ७६ दशमलव ६८ अंकमा पुगेको छ ।
यि बाहेक बाँकी समूहहरुको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २२ दशमलव शून्य चार अंकले घटेर १५ सय ४५ दशमलव शुन्य छ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि एक सय ५१ दशमलव ८९ अंकले घटेर छ हजार तीन सय ७३ दशमलव ५३ अंकमा झरेको छ ।
फाइनान्स समुहको सुचक पनि ५६ दशमलव ७६ अंकले घटेर २६ सय ४८ दशमलव ४० अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि छ दशमलव ६८ अंकले घटेर चार हजार दुई सय ९८ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि एक सय ९२ दशमलव ७२ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक सय ३७ दशमलव ५५ अंकले घटेर ११ हजार आठ सय आठ दशमलव शुन्य आठ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः चार दशमलव ४४, शुन्य दशमलव ६०, ८७ दशमलव शुन्य दुई, शुन्य दशमलव शुन्य सात र ४१ दशमलव ६१ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने न्यादी ग्रुप पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया