सातामा २९ सय ५० दशमलव १६ बिन्दुमा नेप्से, ८२ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०८२ चैत १३ गते १०:२९

काठमाडौं । यो साता नेप्से परिसुचक २९ सय ५० दशमलव १६ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय दुई दशमलव ४४ बिन्दुमा कायम भएको छ ।

यो साता तीन सय ६४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार सात लाख ६९ हजार दुई सय ७३ पटकको कारोबारमा २० करोड १५ लाख ६१ हजार तीन सय ५४ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ८२ अर्ब ४७ करोड ५९ लाख २५ हजार एक सय २९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा २३ अर्ब रुपैयाँले बढी हो ।

गत साता तीन सय ५० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार पाँच लाख २४ हजार छ सय ४० पटकको कारोबारमा १६ करोड २१ लाख १२ हजार छ सय १२ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५९ अर्ब ५६ करोड २२ लाख एक हजार छ सय १९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये चौंथो दिन घटेको नेप्से बाँकी चार कार्य दिन लगातार बढेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक ५४ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार नौं सय ३१ दशमलव ५५ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ११ अंकले उकालो लागेर पाँच सय पाँच दशमलव ३१ बिन्दुमा चढेको थियो ।

दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसुचक पाँच दशमलव शुन्य एक अंकले उकालो लागेर दुई हजार नौं सय ३६ दशमलव ५६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २८ अंकले ओरालो लागेर पाँच सय पाँच दशमलव शून्य दुई बिन्दुमा झरेको थियो ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक २३ दशमलव ८३ अंकले उकालो लागेर दुई हजार नौं सय ६० दशमलव ४० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर पाँच सय सात बिन्दुमा चढेको थियो ।

चौथो दिन बुधबार भने नेप्से परिसुचक २४ दशमलव ४५ अंकले ओरालो लागेर दुई हजार नौं सय ३५ दशमलव ९४ बिन्दुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५४ अंकले ओरालो लागेर पाँच सय दशमलव ४६ बिन्दुमा झरेको थियो ।

पाँचौं कारोबार दिन बिहिबार पुन नेप्से परिसुचक १४ दशमलव २१ अंकले उकालो लागेर दुई हजार नौं सय ५० दशमलव १६ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९८ अंकले उकालो लागेर पाँच सय दुई दशमलव ४४ बिन्दुमा चढेको थियो ।

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा न्यादी हाईड्रो पावर लिमिटेड, रिडी हाईड्रोपावर कम्पनी लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लगायतका कम्पनीहरु परेका छन् । यसैगरी शेयर कारोबार भएको संख्याको आधारमा भने यसवाई प्यानल नेपाल लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यसपटक पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रतिक्रिया