रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडाैं । गएराति रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीका कारण काठमाडौंबाट बीपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।
गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पु¥याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गए राति आएको बाढीले ती ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक आएको बाढीले ड्राइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । उनका अनुसार सडक सञ्चालन नहुँदा कतिपय सवारी बिच बाटोमै रोकिएका छन् ।
यसैबिच, रामेछाप नेपालथोक–खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी ड्राइभर्सनसमेत बगाएको छ । उक्त मार्गमा क्षति पुगेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया