समुद्रमा फसेको छ दिन पछि २२ जना आप्रवासीको मृत्यु

एथेन्स(ग्रीस) । ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गामा फसेको छ दिन पछि २२ जना आप्रवासीको मृत्यु भएको डुङ्गामा जीवित रहेका व्यक्तिहरूलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले बताएका छन् ।
यस अघि शुक्रबार राति तटरक्षकले एक महिला र एक नाबालिकासहित २६ जनालाई युरोपेली सीमा एजेन्सीको जहाजले क्रेटबाट उद्धार गरेको बताएको छ ।
जिवित मानिसहरूले मृतकहरुको शव समुद्रमा फ्याँकिएको बताएका छन् । दुईजना घाइते व्यक्तिहरूलाई क्रेटको हेराक्लिओनको अस्पतालमा लगिएको तटरक्षकले जनाएका छन् ।
जिवित व्यक्तिहरूको बयानको आधारमा, तटरक्षकले डुङ्गा गत मार्च –२१ मा पूर्वी लिबियाको बन्दरगाह शहर टोब्रुकबाट ग्रीसको लागि प्रस्थान गरेको बताएका थिए ।
जुन युरोपेली सङ्घमा शरण खोज्ने धेरै आप्रवासीहरूको प्रवेशद्वार भएको जनााइएको छ । यात्राको क्रममा डुङ्गामा सवार यात्रुहरूले छ दिन सम्म खाना र पानीको अभावमा समुद्रीतटमा ज्यान गुमाएको तटरक्षकले बताएका छन् ।
मृत्युकको शवहरू एकजना तस्करको आदेशमा समुद्रमा फ्याँकिएको बताइएको छ भने, ग्रीक अधिकारीहरूले १९ र २२ वर्षका दुई दक्षिण सुडानी पुरुषहरूलाई तस्करको आरोपमा पक्राउ गरेका छन् । -रासस/एएफपी

प्रतिक्रिया