रोकिएन सेयर बजारको भिषण पहिरो, ४७ अंकले घट्दा झन्डै १३ अर्बको सेयर किनबेच

काठमाडौं । सेयर बजारको भिषण पहिरोले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्रता पाएको छ । अघिल्लो दिन ७१ दशमलव शुन्य पाँच अंकले घटेको नेप्से आज पनि ४७ दशमलव ७१ अंकले ओरालो लागेर २८ सय ३१ दशमलव ३९ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९० अंकले घटेर चार सय ८१ दशमलव ५८ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४१ वटा कम्पनीहरुको एक लाख ५९ हजार तीन सय २८ पटकको कारोबारमा तीन करोड १६ लाख छ हजार सात सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार एक सय ६८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २८ दशमलव शुन्य चार अंकले घटेर १४ सय ७९ दशमलव ५२ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ७७ दशमलव २१ अंकले घटेर छ हजार एक सय नौं दशमलव ६९ अंकमा झरेको छ ।
फाईनान्स समूहको सूचक पनि ५१ दशमलव २८ अंकले घटेर २५ सय १२ दशमलव १५ अंकमा झरेकोमा जलबिद्युत समुृहको सुचक पनि ७६ दशमलव ८८ अंकले घटेर तीन हजार आठ सय ९८ दशमलव ९३ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि एक सय ८६ दशमलव २७ अंकले घटेर १३ हजार एक सय १३ दशमलव ५३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ११ दशमलव ५७ अंकले घटेर ११ हजार तीन सय ८२ दशमलव ७३ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यंटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ८९ दशमलव ८४, एक दशमलव ७५, २२ दशमलव ४६, ६६ दशमलव ३५, शुन्य दशमलव २१, ५० दशमलव १८ र एक सय तीन दशमलव ८६ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सोलु हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया