हुम्लाबाट १३ सय विद्यार्थीले एसईई दिँदै

अदानचुली (हुम्ला) । यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुम्लाबाट एक हजार ३०० जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
निमित्त शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खड्गबहादुर हमालका अनुसार जिल्लाभर रहेका ३२ वटा माध्यामिक विद्यालयका सातवटा परीक्षा केन्द्रमा गरी एक हजार ३०० विद्यार्थीले सहभागिता जनाउने जानकारी दिए ।
जिल्लाभरका ३२ वटा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीका आधारमा सात वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सात वटा स्थानीय तह रहेको हुम्लामा नाम्खा र चङ्खेली गाउँपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा परीक्षा केन्द्र तोकिएका हमालले बताए ।
सिमकोट र सर्केगाड गाउँपालिकामा दुई÷दुई वटा परीक्षा केन्द्र तोकिएका छन् भने अन्यमा एक रहेका छन् । परीक्षा केन्द्रमा सिमकोट गाउँपालिकाको बालमन्दिर माविमा नियमिततर्फ १३३ र ग्रेड वृद्धितर्फ ३२ जना रहेका छन् ।
त्यस्तै, सोही गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयमा नियमिततर्फका १४३ र ग्रेड वृद्धितर्फका ९९ जनाले सहभागिता जनाउने छन् । हिमज्योति माध्यामिक विद्यालय सर्केगाड केन्द्रमा १९१ जना नियमित र २२ जना ग्रेड वृद्धिका गरी २१३ जना परीक्षार्थी, कोट मावि रोडिकोटमा १०६ जना नियमिततर्फका विद्यार्थी छन् भने ग्रेड वृद्धिका विद्यार्थी नभएका उनले जानकारी दिए ।

प्रतिक्रिया