अन्तिम कारोबार दिन पाँच अंकले नेप्से बढ्दा झन्डै नौ अर्बको सेयर किनबेच

नेपालखोज २०८२ चैत १९ गते १५:४७

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ७४ दशमलव ७३ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने पाँच दशमलव ८२ अंकले बढेर २७ सय ८२ दशमलव १८ अंकमा पुगेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३९ अंकले घटेर चार सय ७३ दशमलव २३ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय २८ वटा कम्पनीहरुको एक लाख तीन हजार दुई सय २५ पटकको कारोबारमा दुई करोड १३ लाख १८ हजार नौं सय २९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार तीन सय ३५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक एक दशमलव ६४ अंकले घटेर १५ सय ५४ दशमलव ७७ अंकमा झरेकोमा फाईनान्स समूहको सूचक पनि २१ दशमलव ५९ अंकले घटेर २४ सय ४१ दशमलव ५७ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि २४ दशमलव ६१ अंकले घटेर १२ हजार आठ सय ८९ दशमलव ७० अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ३८ दशमलव शुन्य दुई अंकले घटेर ११ हजार एक सय ७६ दशमलव ५६ अंकमा पुगेको छ । लघुवित्त र अन्य समुहको सूचक पनि क्रमशः १४ दशमलव ६९ र शुन्य दशमलव ७२ अंकले घटेका छन् ।

यि बाहेक बिकास बैंक समूहको सूचक २८ दशमलव ९४ अंकले बढेर पाँच हजार नौं सय ९७ दशमलव ६७ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि दुई दशमलव शुन्य सात अंकले बढेर तीन हजार आठ सय १९ दशमलव ७३ अंकमा चढेको छ ।

यसैगरी होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि क्रमशः २९ दशमलव ४८, शून्य दशमलव १६, एक सय ८७, शुन्य दशमलव शुन्य तीन र ९६ दशमलव ६८ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एसवाई प्यानल नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया