औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

नेपालखोज २०८२ चैत २० गते १६:४३

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै विभागले औषधि बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा रहेको जानकारी दिँदै नयाँ थोक तथा खुद्रा पसलका हकमा तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने जनाएको छ ।

नयाँ दर्ता हुने फार्मेसी तथा थोक पसलले संहितामा उल्लेखित सबै मापदण्ड पूरा गरेपछि मात्र दर्ता प्रक्रिया अघि बढ्ने विभागले स्पष्ट पारेको छ ।

साथै, पहिले नै सञ्चालनमा रहेका पसलहरूले क्रमशः सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ । विभागका अनुसार संहिताको पालना नगरेमा औषधि ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ । -रासस

प्रतिक्रिया