ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग
वासिङ्टन । ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको छ । अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ । यद्यपि राष्ट्रपतिको बजेट इच्छा प्रस्ताव सूची मात्र हो जुन बाध्यकारी आदेश नभई यसलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नुपर्नेछ ।
प्रस्तावमा लेखिएको छ, ‘सन् २०२६ को बजेटले यो बर्षका लागि ऐतिहासिक एक ट्रिलियन डलरको समग्र रक्षा खर्च निर्धारण गरेको थियो । नयाँ प्रस्तावमा सन् २०२७ को लागि कुल बजेट स्रोतहरूमा १.५ ट्रिलियन डलर रक्षा बजेको लागि अनुरोध गरिएको छ।’ प्रस्तावमा भनिएको छ, “यो चार खर्ब ४५ अर्ब वा सन् २०२६ को कुल संसाधन स्तरबाट ४२ प्रतिशत वृद्धि हो।’ रासस/एएफपी

प्रतिक्रिया