आयुर्वेद चिकित्सक संघका अध्यक्षमा डा गौतम निर्वाचित

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घको अध्यक्ष पदमा डा शङ्कर गौतम निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धीका रूपमा डा सुवर्ण पौडेल थिए ।
सङ्घको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा डा रमेश पौडेल, महिला उपाध्यक्षमा डा सिर्जना श्रेष्ठ, महासचिवमा डा ऋषिकेशव भुसाल, सचिवमा डा दीपककुमार मण्डल र कोषाध्यक्षमा डा सिजन कोजु विजयी भएको सङ्घका निवर्तमान अध्यक्ष डा श्यामबाबु यादवले जानकारी दिए ।
उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा विजयकुमार सिंह, मधेसमा डा शिवनारायण गुप्ता, बागमतीमा डा देवेन्द्रकुमार यादव, गण्डकी डा नगेन्द्र लामिछाने, लुम्बिनीमा डा कैलाश न्यौपाने, कर्णालीमा डा सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा हिमाल भट्ट निर्वाचित भएका छन् ।

प्रतिक्रिया