सेयर बजारमा एकैदिन एक सय पाँच अंकको पहिरो

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नैं नेप्से उच्च अंकले घटेको छ । नेप्से आज एक सय पाँच दशमलव ५० अंकले घटेर २६ सय ७६ दशमलव ६८ अंकमा झरेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ६२ अंकले घटेर चार सय ५७ दशमलव ६१ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख ४१ हजार ३६ पटकको कारोबारमा तीन करोड १२ लाख छ हजार एक सय ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ३८ करोड नौं लाख १४ हजार पाँच सय ७० रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ४८ दशमलव ३६ अंकले घटेर एक हजार चार सय छ दशमलव ४० अंकमा झरेकोमा बिकास बैंक समुहको सूचक पनि दुई सय ५९ दशमलव ५५ अंकले घटेर पाँच हजार सात सय ३८ दशमलव १२ अंकमा झरेको छ ।
फाइनान्स समूहको सुचक पनि ९६ दशमलव २१ अंकले घटेर २३ सय ४५ दशमलव ३५ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ८४ दशमलव ९९ अंकले घटेर तीन हजार छ सय ३४ दशमलव ७४ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि चार सय ६३ दशमलव ७१ अंकले घटेर १२ हजार चार सय २५ दशमलव ९८ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि चार सय ३२ दशमलव ११ अंकले घटेर १० हजार सात सय ४४ दशमलव ४४ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः दुई सय २६ दशमलव ६६, तीन दशमलव ५२, एक सय ४३ दशमलव ७२, एक सय ६९ दशमलव ८६, शुन्य दशमलव २२, एक सय ३२ दशमलव २२ र एक सय ४० दशमलव ४९ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । यो कम्पनीका प्रमुख शेयर लगानीकर्ता दिपक भट्ट सम्पती सुद्धीकरण सम्वन्धी मुद्धामा पक्राउ परेसंगै हिमालयन रिको शेयर बिक्री बढेको हो ।

प्रतिक्रिया