सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्धारा उत्कृष्ट निर्वाचन प्रहरी तथा विपद् स्वयंसेवक र विपद् सूचक सम्मान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालसंग समन्वय गरी विपद् उद्धारमा सहयोग पु¥याउने समुदाय विपद् स्वयंसेवक र विपद् सूचकलाई सम्मान गरेका छन् ।
चैत्र २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ वार्षिकोत्सवको अवसर पारेर महानिरीक्षक अर्यालले उनीहरुलाई सम्मान गरेका हुन् ।
उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरीले निर्वाचनको अवधिमा बैतडी जिल्लाको दशरथचन्द्र नगरपलिका–४ स्थित विरेन्द्र माध्यमिक विद्यालय साईलेक मतदान केन्द्रमा खटिई अपांग तथा बृद्धबृद्धाहरुलाई मतदान केन्द्रसम्म बोकी ल्याउने र लैजाने कार्यमा सहयोग गरेका थिए ।
त्यसैगरी विपद् स्वयंसेवकले विपद्को समयमा डुवानमा परेकाहरुलाई आफ्नो ज्यानको प्रवाह नगरी जोखिम अवस्थामा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा पु¥याउन अहम् भूमिका निर्वाह गर्नुभएको थियो भने विपद् सूचकले विपद्का विभिन्न घटनाहरुमा समयमा नै सशस्त्र प्रहरीलाई जानकारी गराउनुको साथै स्वयं आफु समेत खटिई उद्धार कार्यमा सहयोग पुर्याएका थिए ।
विपद्को समयमा समुदाय स्तरबाटै उद्धार कार्यमा सहयोग पु¥याउने अभिप्रायले सशस्त्र प्रहरी बल नेपालले देशभर १ हजार १ सय १४ जनालाई विपद् स्वयसेवक तालिम प्रदान गरी समुदाय विपद् स्वयंसेवक तयार पारेकोे छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपालले प्रत्येक वडाहरुमा २५ जनाको दरले विपद् सूचक समुह तयार गरेको छ । जस अनुसार देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार पारेको हो ।

प्रतिक्रिया