नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समूहबाट १९ जनाकाे उम्मेद्वारी

नेपालखोज २०८२ चैत २२ गते २१:०९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्र २९ र ३० गते हुने निर्वाचनका लागि एशोसिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएकाे छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल र चन्द्र ढकाल (काभ्रे) ले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया