सर्वदलीय बैठक आह्वान
नेपालखोज
२०८२ चैत २३ गते ८:४७

काठमाडौं । संघीय संसद् सचिवालयले आज सर्वदलीय बैठक आह्वान गरेको छ । दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले आज बिहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको हो ।
बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिने र सदनको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया