सेयर बजारमा करेक्सन, ८३ अंकले बढ्दा झण्डै ११ अर्बको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन एक सय पाँच दशमलव ५० अंकले घटेको नेप्से आज सोमबार भने ८३ दशमलव ३३ अंकले बढेर २७ सय ६० दशमलव दुई अंकमा पुगेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ३० अंकले बढेर चार सय ७१ दशमलव ९२ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ४५ वटा कम्पनीहरुको एक लाख २४ हजार ९३ पटकको कारोबारमा दुई करोड ५१ लाख ५५ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख छ हजार आठ सय ६३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक ४४ दशमलव ७९ अंकले बढेर १४ सय ५१ दशमलव १९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि दुई सय आठ दशमलव ३७ अंकले बढेर पाँच हजार नौं सय ४६ दशमलव ५० अंकमा पुगेको छ ।
फाइनान्स समुहको सुचक पनि ९४ दशमलव ६६ अंकले बढेर २४ सय ४० दशमलव शुन्य एक अंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि एक सय ६६ दशमलव ९१ अंकले बढेर तीन हजार आठ सय एक दशमलव ६५ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि तीन सय ३० दशमलव ६३ अंकले बढेर १२ हजार सात सय ५६ दशमलव ६२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १६ दशमलव ८२ अंकले बढेर ११ हजार ६० दशमलव ६४ अंकमा पुगेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः दुई सय ३३ दशमलव ९४, तीन दशमलव ४१, एक सय ट२ दशमलव ८६, एक सय १६ दशमलव शुन्य छ, शुन्य दशमलव ३०, ४८ दशमलव २५ र ९० दशमलव ८८ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी बैंकको ऋणपत्र २०८८ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ ।

प्रतिक्रिया