बैंक तथा वित्तीय संस्थाहरु सातामा पाँच दिन मात्र खुल्ने

नेपालखोज २०८२ चैत २३ गते १५:४५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सातामा पाँच दिन मात्र खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले हप्तामा दुई दिन सार्वजनिक बिदा गर्नै व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएसंगै बैंक तथा वित्तीय संस्थाहरुमा सातामा पाँच दिन मात्र खुल्ने भएका हुन् ।

मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थको बचतको लागि भन्दै हप्तामा दुई दिन सरकारी तथा शैक्षिक संस्थाहरुलाई बिदा गर्नै व्यवस्था गरेसँगै राष्ट्र बैंकले पनि परिपत्र जारी गरेर आफ्नो मातहतका सबै बैक तथा वित्तीय संस्थाहरुलाई उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी, लघुवित्त वित्तीय संस्थाहरु, पुर्वाधार बिकास बैंक, नेपाल क्लियरिङ हाउस समेतको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्र्यान्वयनमा ल्याउन निर्देशन दिएको परिपत्रमा उल्लेख छ ।

परिपत्र अनुसार २०८२ साल चैत २३ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने छ भने सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय विहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म हुने छ ।

तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः०० बजेदेखि अपरान्ह चार बजेसम्म हुने छ ।

प्रतिक्रिया