नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित
नेपालखोज
२०८२ चैत २४ गते १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नर मध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।
संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो । पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।
नवनियुक्त डेपुटी गर्भनर पण्डितले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया