नेप्से ४८ अंकले बढ्दा झन्डै १० अर्बको सेयर किनबेच

नेपालखोज २०८२ चैत २६ गते १५:३५

काठमाडौं । नेप्सेको उच्च बृद्धिदरले साताको पाँचौं कारोबार दिन आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४५ दशमलव १२ अंकले बढेको नेप्से आज पनि ४८ दशमलव ७१ अंकले बढेर २८ सय ५१ दशमलव ५४ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले बढेर चार सय ८१ दशमलव ५३ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय ३८ वटा कम्पनीहरुको एक लाख आठ हजार आठ सय ६९ पटकको कारोबारमा दुई करोड ७९ लाख ३१ हजार सात सय ७० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ९१ करोड ९२ लाख १० हजार दुई सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दशमलव २७ अंकले बढेर १४ सय ८६ दशमलव ९९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ४७ दशमलव ३१ अंकले बढेर छ हजार ७४ दशमलव शुन्य दुई अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ३६ दशमलव ३५ अंकले बढेर २५ सय एक दशमलव ४२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय पाँच दशमलव ५१ अंकले बढेर चार हजार १२ दशमलव ६८ अंकमा पुगेको छ ।

जीवन बीमा समुहको सुचक पनि एक सय २७ दशमलव ५४ अंकले बढेर १२ हजार नौं सय ९३ दशमलव ३६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव ९५ अंकले बढेर ११ हजार दुई सय ४७ दशमलव ६९ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः एक सय ८५ दशमलव शुन्य एक, एक दशमलव शुन्य सात, दुई सय ८९ दशमलव शुन्य एक, ५९ दशमलव ४०, शुन्य दशमलव शुन्य दुई, ७२ दशमलव ३५ र २३ दशमलव ९३ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पनि आज नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया