संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने
नेपालखोज
२०८२ चैत २७ गते ७:००

काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको जानकारी दिएको छ ।
यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया