अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित राष्ट्रसंघ

नेपालखोज २०८२ चैत २७ गते १६:५८

काबुल । गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको बाढीमा परी दशौँ हजार प्रभावित भएको टोलो न्यूजले शुक्रबार संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

राष्ट्रसङ्द्धको प्रतिवेदन अनुसार मार्च २६ देखि अप्रिल –६ सम्म देशमा परेको भारी वर्षा र बाढीका कारण विभिन्न प्रान्तकामा असर पर्नुका साथै सयौँ गाउँहरू जलमग्न भएका छन् ।

यस प्रकोपबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ । बाढीका कारण नौ हजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएको जनाइएको छ भने कृषि बाली तथा जग्गासमेत नष्ट भएको जनाइएको छ ।

जसले प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षाको बारेमा गम्भीर चिन्ता बढाएको छ भने ५०० भन्दा बढी घर पालरवा जनावरको मृत्यु हुँदा खेती तथा पशुपालनमा निर्भर ग्रामीण परिवारहरूको सङ्कट अझै बढेको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया