वार्षिक कार्ययोजनाबारे समीक्षा

नेपालखोज २०८२ चैत ३० गते १७:०१

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आफ्नो वार्षिक कार्ययोजनाबारे समीक्षा गरेको छ ।

समितिका सभापति कृष्णप्रसाद पौडेलेको अध्यक्षतामा आज बसेको बैठकले साउनदेखि चैत मसान्तसम्म भएका काम कारबाहीबारे समीक्षा गरिएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठकले समितिले बाँकी काम असार मसान्तसम्म सक्ने गरी कार्ययोजना स्वीकृत गरेको छ । यस्तै, प्रि–बजेट छलफललाई अगाडि बढाउने, सरकारले अगाडि सारेको सुशासनसम्बन्धी कार्यसूची परिणाम निकाल्ने गरी ‘फ्लोअप’ गर्ने निर्णय गरिएको छ ।

समितिले बजेट कार्यान्वयन भए/नभएकाबारे अध्ययनका साथै अनुगमन मूल्याङ्कन र निर्णयको कार्ययोजना बनाएर समीक्षा गर्ने निर्णय गरेको सचिव डा पाण्डेले बताए ।

बैठकमा बजेट, सुशासन, निर्णय कार्यान्वयनलगायत २४ वटा विषयमा केन्द्रित रहेर छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया