सधैँ विकल्पको खोजीमा लागेर देश प्रयोगशाला बन्न पुग्याे : पूर्वराजा ज्ञानेन्द्र शाह

नेपालखोज २०८२ चैत ३० गते १७:१४

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुट, द्वन्द्व र विद्रोहले कमजोर भइने बताएका छन् । उनले राजनीतिमा प्रतिशोध, निषेध हुन नहुने पनि बताएका छन् ।

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सोमबार (चैत ३०) एक भिडियो सन्देश जारी गर्दै उनले जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर अघि बढ्न विलम्ब गर्न नहुनेमा जोड दिएका छन् ।

शाहले पढे लेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यद्यपि, सधैँ विकल्पको खोजीमा लागेर देश प्रयोगशाला बन्न पुगेको उनले बताए ।

प्रतिक्रिया