शनिबार, वैशाख १५, २०८१

१९ किलो चाँदीसहित एक पक्राउ

नेपालखोज २०७६ कार्तिक २ गते १६:४८

२ कार्तिक, बारा । बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा सो परिमाणको चाँदीसहित नियन्त्रणमा लिएको हो । भारतबाट बीआर०६एम १०६० नंको भारतीय मोटरसाइकलमा चाँदी लिएर आइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले बताए ।

बरामद चाँदीको बजार मूल्य करीब रु १४ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान र कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया