‘बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

नेपालखोज २०८३ वैशाख ३ गते ९:५६

लण्डन । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् ।

‘आईटीभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो कटौती हुनेछ ।

बीबीसीले भने कथित रूपमा बुधबार कर्मचारीहरूलाई घोषणा गरिएको भनिएको नियोजित जागिर कटौतीको पुष्टि भने गरेको छैन । कटौतीको पुष्टि गर्ने एएफपीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिइएको छैन । -रासस/एएफपी

प्रतिक्रिया